• Tel: 01-4335586
  • info@dirdtu.edu.np
  • Kirtipur, Kathmandu
Tuesday April 23, 2024
Department of International Relations and Diplomacy
अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति विभाग
Tribhuvan University, Kirtipur

दर्शनाचार्य-विद्यावारिधि तथा विद्यावारिधिमा भर्ना सम्बन्धी सूचना

2022-08-14

त्रि.वि., मानविकी तथा सामाजिकशास्त्र सङ्काय, डीनको कार्यालयद्वारा दर्शनाचार्य–विद्यावारिधि कार्यक्रम अन्तर्गत २०७९ साल समूहमा दर्शनाचार्य–विद्यावारिधि र विद्यावारिधि तहमा भर्ना भई अध्ययन गर्न चाहने उम्मेदवारहरूका लागि आवेदन खुल्ला गरिएकाले सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । 

द्रष्टव्य 
i.  दर्शनाचार्य (MPhil) –विद्यावारिधि (PhD) को भर्नाका लागि भर्ना हुन चाहेको विषय तथा अध्ययन गर्न चाहेको केन्द्रीय विभाग वा विभागको नाम उल्लेख गरी यस सङ्कायको वेबसाइट www.tufohss.edu.np मा अङ्कित entrance.tufohss.edu.np मार्फत अनलाइन आवेदन भर्न सकिने छ । म्याद नाघी प्राप्त हुन आएका, रीत नपुगेका आवेदन फाराम माथि कुनै कार्यवाही हुने छैन । यस सम्बन्धी अन्य विस्तृत विवरण यस सङ्कायको वेबसाइटबाट प्राप्त गर्न सकिने छ ।

ii. दर्शनाचार्य (Mphil) तह पूरा गरेपछिको विद्यावारिधि (PhD) तहका लागि आवेदन फाराम वितरण तथा बुझिलिने कार्य डीन कार्यालयबाट हुने छ ।

(१) दर्शनाचार्य (MPhil) – विद्यावारिधि (PdD) कार्यक्रममा भर्ना सम्बन्धमा 
     (१.१) दर्शनाचार्य (MPhil) – विद्यावारिधि (PhD) कार्यक्रमका निम्न लिखित विषयमा आवेदन माग गरिएको छ 

 

अंग्रेजी

बौद्ध अध्ययन

मानवशास्त्र

नेपाली इतिहास, संस्कृति तथा पुरातत्व

नेपाली

ललितकला

भूगोल

अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति

नेपाल भाषा

गृहविज्ञान

भाषाविज्ञान

सामाजिक कार्य

समाजशास्त्र

जनसङ्ख्या अध्ययन

अर्थशास्त्र

द्वन्द्व,शान्ति तथा विकास

इतिहास

ग्रामीण विकास

राजनीतिशास्त्र

लैङ्गिक अध्ययन

 

(१.२) योग्यता 
(क)   त्रि.वि. वा त्यसबाट मान्यता प्राप्त शिक्षण संस्थाबाट सम्बन्धित विषयमा स्नातकोत्तर वा सो सरहको परीक्षा कम्तीमा CGPA 3.0 वा द्वितीय श्रेणी प्राप्त गरी उत्तीर्ण गरेको हुनुपर्ने छ ।

(ख)   आवेदन फारामसँग प्रवेशिका देखि स्नातकोत्तर तहसम्मको लब्धाङ्कपत्र, प्रमाणपत्र, ट्रान्सक्रिप्ट तथा नागरिकताको प्रमाणपत्रको प्रतिलिपि पेस गर्नुपर्ने छ । 

(ग)     अन्य विश्वविद्यालयाबाट उल्लिखित तह उत्तीर्ण गरेका आवेदकहरुले समकक्षता (equivalence) र स्थानान्तरणको प्रमाण पत्र प्रस्तुत गर्नु पर्ने छ ।

(घ)   आवेदकले स्नातकोत्तर तहमो अध्ययन गरेको विषयभन्दा फरक विषयमा आवेदन दिन चाहेमा सम्बन्धित केन्द्रीय विभाग र विभागहरूले तोकेको मापदण्ड अनुसार डीन कार्यालयले तोकेको विषयमा मात्र आवेदन दिन पाइने छ । आवेदन दिएको विषय पछि परिवर्तन गर्न पाइने छैन । 

(१.३) आवेदन प्रक्रिया र मिति ः 
(क)   आवेदन फाराम भर्ने समयावधि ः मिति २०७९।४।२६ गतेदेखि २०७९।५।२४  गते राति १२ बजेसम्म ।

(ख)    विलम्ब शुल्कमा आवेदन फाराम भर्ने समयावधि ः मिति २०७९।५।२५ गतेदेखि २०७९।६।२ गते राति १२ बजेसम्म । 

(ग)    दर्शनाचार्यको भर्नाका लागि  प्रवेश परीक्षा २०७९।६।८ गते बिहान ८ ः०० बजदेखि दिउँसो ११ः०० बजेसम्म सञ्चालन  हुने छ । परीक्षा केन्द्र विश्वविद्यालय क्याम्पस त्रि.वि., कीर्तिपुर तोकिएको छ । 

(घ)   फाराम स्वीकृत भएका परीक्षार्थीहरूको प्रवेशपत्र मिति २०७९।५।२७ गतेदेखि सम्बन्धित परीक्षार्थीहरूले आफ्नै user name र  password प्रयोग गरी entrance.tufohss.edu.np बाट अनलाइन मार्फत प्राप्त गर्न सकिने छ ।

(१.४) प्रवेश परीक्षा सम्बन्धी थप जानकारी  ः
(क)    दर्शनाचार्य– विद्यावारिधि कार्यक्रममा भर्ना हुनका लागि आवेदकहरूले डीन कार्यालयले सञ्चालन गर्ने प्रवेश परीक्षा दिनुपर्ने छ । प्रवेश परीक्षामा उत्तीर्ण भएका उम्मेदवारहरूमध्ये योग्यताक्रममा परेका उम्मेदवारहरूलाई मात्र तोकिएको कोटामा भर्ना हुनका लागि अनुमति दिइने छ ।

(ख)    कुनै विषयमा आवेदन दिने शोधार्थीको सङ्ख्या ५ भन्दा कम भएमा आवेदकले चाहेको अर्को विषयमा (विषय समितिले अनुमति दिएको विषयमा ) प्रवेश परीक्षा दिन सक्नेछन् । 

(ग)   लिखित प्रवेश परीक्षा २ विषय÷क्षेत्रहरूमा केन्द्रित हुने छ ः विषयगत ज्ञान र शोध विधि (पूर्णाङ्क १००) । प्रवेश परीक्षा ३ घण्टाको हुने छ । प्रश्नपत्रको संरचना यस सङ्कायको वेबसाइटमा राखिने छ । लिखित परीक्षामा उत्तीर्ण भएका उम्मेद्वारलाई मात्र अन्तरवार्तामा सहभागी गराइने छ । लिखित र अन्तरवार्ताको प्राप्ताङ्क जोडेर उत्तीर्ण उमेदवारहरूको योग्यताक्रम प्रकाशित गरिने छ ।

(घ) उल्लिखित विषयहरूमा प्रत्येक विषयको भर्ना सङ्ख्या अधिकतम ३५ जना रहने छ ।
प्रवेश परीक्षा शुल्क रु. ५,०००र– र बिलम्ब शुल्क दोब्बर ।– (सम्बन्धित केन्द्रीय विभाग÷विभागको खातामा जम्मा गरी भौचर गउयिबम गर्नुपर्ने छ ) । 

(ङ)अन्तरवार्ता सम्बन्धी सूचना लिखित परीक्षाको नतिजा प्रकाशन पछि जानकारी गराइने छ । 

(vi) उल्लिखित योग्यता पुगेका आवेदकले मात्र परीक्षा शुल्क वापतको रकम बुझाउन सिफारिस गरिन्छ । योग्यता नपुगी आवेदकले परीक्षा शुल्क बुझाएको खण्डमा आवेदन शुल्क फिर्ता हुने छैन ।

(२) एमफिल पूरा गरेपछि विद्यावारिधि तहमा आवेदन दिनेहरूको न्यूनतम योग्यता तथा पेसगर्नु पर्ने कागजातहरू निम्नानुसारको हुनुपर्ने छ ।

(क) दर्शनाचार्य (MPhil) तहमा कम्तीमा CGPA  3.0  वा द्वितीय श्रेणी प्राप्त गरी उत्तीर्ण गरेको हुनुपर्ने छ ।

(ख) डीन कार्यालयले तोकेको आवेदन फाराम प्रयोग गरी आवेदन दिनुपर्ने छ ।

(ग) आवेदन फारामसँग प्रवेशिकादेखि दर्शनाचार्य  तहसम्मको लब्धाङ्कपत्र, प्रमाणपत्र समकक्षता तथा नागरिकताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि पेस गर्नुपर्ने छ । त्रि. वि. को स्थायी शिक्षक भए स्थायी नियुक्तिको प्रमाण पत्र पेस गर्नुपर्ने छ ।

(घ) डीन कार्यालयले तोकिएको ढाँचामा शोध प्रस्ताव, दर्शनाचार्य तहको शोधप्रबन्धको सारांश र एकल लेखन भएको  प्रकाशित लेख  (Peer- reviewed  article with single author)   तीन वटा फाइलमा एक–एक प्रति संलग्न गरी पेस गर्नुपर्ने छ ।

(ङ) उल्लिखित विषय बाहेकका विषयहरूमा विद्यावारिधि तहको अनुसन्धानमा सामेल हुन चाहने दर्शनाचार्य वा सो सरहको परीक्षा उत्तीर्ण गरेका (स्वदेशी तथा विदेशी उम्मेदवारहरूले डीन कार्यालय र सम्बन्धित केन्द्रीय विभाग÷ विभागले तोकेका विषयका आधारमा “दर्शनाचार्य तथा विद्यावारिधि कार्यक्रम सञ्चालन कार्यविधि २०७७” को अधीनमा रही आवेदन दिन सक्ने छ  ।

(च) रीत नपुग प्राप्त आवेदन स्वतः रद्द हुने छ तथा यसमा सङ्कायको कुनै जवाफदेहिता हुने छैन ।

(छ) आवेदकले डीन कार्यालयको ने.बै.लि., कीर्तिपुर शाखामा रहेको खाता नं. ०४५००१०००९९०४५०००००१  मा रू १५,०००÷– (अक्षरेपी रु. पन्ध्र हजार मात्र । ) बुझाएको बैंक भौचर आवेदनसाथ पेस गर्नुपर्ने छ ।

अन्य जानकारीका लागि डीन कार्यालय र सम्बन्धित विभागमा सम्पर्क गर्न हुन अनुरोध छ । भर्ना लगायत अन्य कुराहरूको जानकारी अर्को सूचनाद्वारा अवगत गराइने छ । 
 

S.No. Title File Type Download
1 दर्शनाचार्य-विद्यावारिधि तथा विद्यावारिधिमा भर्ना सम्बन्धी सूचना Download